‘सडकको भाषा बुझ्ने मात्र सरकार भएकाले हाम्रो समस्याको समाधान सरकारले गरेन’–नेपाल औधोगिक क्षेत्र उद्योग महासंघ

‘सडकको भाषा बुझ्ने मात्र सरकार भएकाले हाम्रो समस्याको समाधान सरकारले गरेन’–नेपाल औधोगिक क्षेत्र उद्योग महासंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल औधोगिक क्षेत्र उद्योग महासंघले नेपाल सरकारले सडकको भाषा बुझ्ने मात्र सरकार भएकाले औधोगिक क्षेत्रको समस्या समाधान गर्न अग्रसर रहेको बताएको छ । काठमाडौंको टेकुमा भएको पत्रकार सम्मेलनमा राजनैतिक दलहरुले जनतालाई आस्वासन मात्रै दिएको र देशको औधोगिक क्षेत्रमा कुनै योगदान गर्न सरकार लागि नपुरेको महासंघको धारणा रहेको छ ।

हाल नेपाल औधोगिक क्षेत्र उद्योग महासंघ सँग सरकारले दुई दिन भित्र सम्झौता नगरे आन्दोलनको तयारी गर्ने जनाएको छ । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भने, ‘ सरकारले वार्तामार्फत समस्या समाधान गर्न नसके २ दिन पछि अर्काे निर्णय गर्न बाध्य हुन्छौं । साथै, सरकाले औधोगिक क्षेत्रलाई पनि गुठिको जस्तै बनाउनु पर्ने उनको तर्क थियो ।

त्यस्तै, कुल देशभरी १० ओटा औधोगिक क्षेत्रहरु रहेकोले सरकारले सम्झौता भएअनुसारको १० ओटा सम्झौतामा जम्मा २ वटा मात्र सम्झौता सरकारले लागु गरेको महासंघले बताएको छ ।

\"\"