चार महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार 

चार महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक बर्षको चार महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चार महिनाको आर्थिक सूचाङ्क अनुसार असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबरको रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति चालु आ.वको असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा यसै आ.वको कात्तिक मसान्तमा १ प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायमा भएको छ ।

कुल विदेशी विनियम सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब  ९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तिय संस्था( नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति चालु आ.वको असार मसान्तमा १ खर्ब ५७ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आएर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको छ । त्यस्तै, कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको राष्ट्र बैकले जनाएको छ ।