काठमाडौं– तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईँको बयान लिन सुरु गरिएको हो ।
सोमबार प्रसाईँको बयान लिइए पनि समय अभावका कारण नसकिएकाले आज मंगलबार फेरि सुरु गरिएको हो। प्रसाईँविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।
साथै, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा पनि बयान सुरु भएको छ ।






About Us
प्रतिक्रिया