अर्थतन्त्रको समस्या सामाधानमा नीजि र सरकारी क्षेत्र अघि बढ्नुपर्छः अर्थमन्त्री शर्मा 

अर्थतन्त्रको समस्या सामाधानमा नीजि र सरकारी क्षेत्र अघि बढ्नुपर्छः अर्थमन्त्री शर्मा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या आत्तरिक कारणले मात्र नभइ विश्वव्यापी रूपमा सिर्जित बाह्य परिदृश्यका कारण रहेकाले यसको समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई अर्के नजरले हेर्ने गरेको बुझाइ गलत रहेको बताए । ‘सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ । तर, सरकारले निजी क्षेत्रलाई आफ्नै अंगका रूपमा लिएको छ । निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्,’ उनले भने । 

अर्थमन्त्री शर्माले अर्थतन्त्रमा तत्काल देखिएका समस्या समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए । 

अर्थतन्त्रलाई गुणात्मकरूपले विकास गर्ने, चलायमान बनाउने चुनौती रहे पनि सरकार त्यसमा लागिपरेको उनको भनाइ छ । उनले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताए । अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको उनको भनाइ छ । उनले उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए । 

अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको बताए । नीति निर्माण राम्रा भए पनि नीतिहरूलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता रहेको उनको भनाइ छ । उनले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताए । 

उनले निर्यात गर्नसक्ने वस्तुहरूको प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए । सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।