जुवा तथा बाजीजन्य कार्यमा सलग्न भएमा बैंक खाता रोक्का हुन्छ: राष्ट्र बैंक (सूचना सहित)

जुवा तथा बाजीजन्य कार्यमा सलग्न भएमा बैंक खाता रोक्का हुन्छ: राष्ट्र बैंक (सूचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले विद्युतिय भुक्तानी मार्फत जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुमा संलग्न नहुन आह्रान गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो कार्यमा संलग्न नहुन सूचित गरेको हो । साथै जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता, मोवाइल वालेट लगायतबाट हुुने कारोबारहरु रोक्का गर्ने जनाएको छ । 

त्यस्तै, बैंकको सुचना अनुसार यस्तो कार्यमा संलग्न भएको खण्डमा इजाजत÷अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोवाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तिय संस्थाहरुलाई समेत सुचित गरेको छ । र कसैले विद्युतिय भुक्तानीका माध्यमबाट जुवा तथा बाजी जन्य कार्यमा संलग्न भए बैंकलाई फोन मार्फत समेत जानकारी गर्न सकिने राष्ट्र बैंकले सूचित गरेको हो ।  

\"\"