पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड प्रदान 

पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड प्रदान 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो गर्भनर हिमालयशम्शेर राणालाई लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशीप अवार्ड दिइएको छ । 

न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’ अन्तर्गत उनलाई उक्त अवार्ड दिइएको हो । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल रहेको जुरी मेम्बरको टोलीले उक्त अवार्ड विजेता छनोट गरेको थियो । 

अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डसहित विभिन्न ८ विधामा अवार्ड दिइएको छ ।