ग्लोबल आईएमई लघुवित्तकाे सीइओमा पुनः जोशी नियुक्त


काठमाडौं– ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरिकृष्ण जोशी पुनः नियुक्त भएका छन् ।

संस्थाको वैशाख २ गते बसेको सञ्चालक समितिको २०१ औं बैंठकको निर्णयअनुसार जोशी पुनः सो पदमा नियुक्त भएका हुन्।

जोशीलाई वैशाख १५ गतेदेखि लागूहुने गरी संस्थाले सो पदमा नियुक्त गरेसँगै उनको कार्यकाल ४ वर्षको हुने सचिव श्रीराम पखरेलले जानकारी दिएका छन् ।