एनसीसी बैंकबाट बाहिरिए ३ जना डेपुटी सिइओ सहित दर्जन बढी अन्य कर्मचारी 

एनसीसी बैंकबाट बाहिरिए ३ जना डेपुटी सिइओ सहित दर्जन बढी अन्य कर्मचारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट एक दर्जन भन्दा बढी कर्मचारी बाहिरिएका छन्  । बाहिरिने मध्ये उक्त बैंकको तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृत (डि.सिइओ) समेत रहेका छन् । 

कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकका कर्मचारी बाहिरिएका छन् ।  बैंंकले कुमारीसँग मर्जरको लािग सम्झौता गरेपछि १३ जनाले स्वेच्छिक अवकाश लिएका छन् ।
बाहिरिने डि.सिइओहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दिपप्रसाद पाण्डेले अवकाश लिएका छन् ।

यस्तै, बैंकका सिइओ रमेश कुमार अर्यालले गत आ.वमा बैंकबाट १ करोड ३२ लाख रुपैंया तलब सुविधा बुझेका छने भने अन्य पदाधिकारी तथा कर्मचारीले ३ करोड २४ हजार बुझेका छन् । 
एनसीसी बैंक र कुमारी बैंक विच १ः१ को स्वाप रेसियोमा मर्जर हुने सहमति भएको छ । मर्जर पछि बैंकको सिइओ एनसीसी बैंकका रमेश अर्याल र वरिष्ठ डेपुटी सिइओमा कुमारी बैंकका रामचन्द्र खनाल बन्ने सहमति भएको छ । तर मर्जरपछि बैंकको अध्यक्षको हुने भन्ने बारे अझै टुंगो लागेको छैन ।