खुल्ला बजार कारोबारबाट २ खर्ब ३२ अर्ब भन्दा बढी तरलता प्रवाह

खुल्ला बजार कारोबारबाट २ खर्ब ३२ अर्ब भन्दा बढी तरलता प्रवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथिको पहिलो त्रैमासिक समिक्षा अन्तर्गत चालु आ.वको पहिलो त्रैमासमा खुल्ला बजार कारोबारमार्फत २ खर्ब ३२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, यस अवधीमा बैंक तथा वित्तिय संस्थाले स्थायी तरलता सविधामार्फत २१ खर्ब २२ अर्ब ७३ करोड रकम बैंकबाट उपभोग गरेको मौद्रिक नीतिमाथिको समिक्षामा उल्लेख गरेको हो ।

गत वर्षको यसै अवधिमा खुला बजार कारोबारमार्फत् १ खर्ब २५ अर्ब ४५ करोड खुद तरलता प्रवाह भएको थियो भने बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड बराबरको रकम उपयोग गरेका थिए ।  चालु आ.वको पहिलो त्रैमासमा आयातमा आएको संकुचन र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण विदेशी विनिमय बजारमा विदेशी मुद्राको खरिद गरी १ खर्ब ५४ अर्ब ४ करोड बराबरको तरलता प्रवाह भएको छ । गत वर्षको यसै अवधिमा विदेशी मुद्राको खरिदमार्फत २९ अर्ब ७३ करोड खुद तरलता प्रवाह भएको थियो ।