मिथिला लघुवित्तमा रोजगारीको अवसर

मिथिला लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

केन्द्रीय कार्यालय धनुषा र विभिन्न शाखा कार्यालयका कर्मचारीको दरखास्त आह्वान गरेको हो । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत एकजना, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीका अनुसार इच्छुकले १५ दिनभित्र आवेदन दिन सकिने बताएको छ । लघुवित्तको केन्द्रीय कार्यालय धनुषा वा इमेल ठेगानाबाट आवेदन दिन सकिनेछ ।