गभर्नर अधिकारीसँगै राष्ट्र बैंकबाट बिदा हुँदैछन् यी चार ईडी

गभर्नर अधिकारीसँगै राष्ट्र बैंकबाट बिदा हुँदैछन् यी चार ईडी


काठमाडौं – नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकासँगै चारजना कार्यकारी निर्देशकहरु पनि बिदा हुने चरणमा छन् । यहि चैतमा कार्यकारी निर्देशक मुकुन्द क्षेत्री र पिताम्बर भण्डारी राष्ट्र बैंकबाट बिदा हुँदैछन् ।

क्षेत्री र भण्डारी २८ चैतमा कार्यकारी निर्देशकबाट विदा हुने भएका हुन् । त्यसलगतै राष्ट्र बैंकका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र रामबहादुर मानन्धर पनि बाहिरिने क्रममा छन् । उनीहरुले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

एता केही समयअघिमात्रै कार्यकारी निर्देशक देवकुमार ढकाल ३० वर्ष सेवा अवधिसहित राष्ट्र बैंकबाट बाहिरि सकेका छन् । त्यस्तै, गत माघ २६ गते कार्यकारी निर्देशकको पहिलो वरीयतामा रहेका नेफिल मताङ्गी मास्केले अवकाश पाइसकेका छन् ।