नेपाल बैंकद्धारा पूर्वगभर्नर हिमालयन शम्शेर जबरा सम्मानित

नेपाल बैंकद्धारा पूर्वगभर्नर हिमालयन शम्शेर जबरा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बैंक लिमिटेडको ८६ औ  बार्षिक उत्सवको अवसरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरालाई सम्मान गरिएको छ । 

 वि.स. २०१३ साल २ वर्ष ८ महिना कार्यकाल विताएका राणाले संस्थाको स्थायित्व र प्रगतिको लागि उल्लेखीय काम गरेको पाइन्छ । त्यतिमात्र नभइ उनले २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा पनि काम गरे । यसका साथै राष्ट्रका अन्य  निकायहरुको संस्थापकको रुपमा काम गरिसकेका छन । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु पनि गरे । उनकै कार्यकालमा नेपालमा नोटको प्रचलनमा आउनुको साथै,तराई क्षेत्रमा दबदबाको रुपमा रहेको भारतीय मुद्रालाई विस्तापिन गरि नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्रमा ल्याउन उनको ठुलो भुमिका छ ।