के का लागि गर्दैछ ? चीनले नेपाललाई १५ अर्ब रुपैंया सहयोग

के का लागि गर्दैछ ? चीनले नेपाललाई १५ अर्ब रुपैंया सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाललाई छिमेकी देश चीनद्धारा आर्थिक तथा प्राविधिक सहायतामार्फत करिब १५ अर्ब रुपैंया सहायता गर्ने सहमतिपत्रमा हस्ताक्षण भएको छ । आर्थिक तथा प्राविधिक सहयोगको लागि चीनले नेपाललाई ८० करोड चिनियाँ युयान दिन लागेको हो, जुन नेपाली १५ अर्ब रुपैंया हुन्छ । 

हस्ताक्षर पत्रमा नेपालको तर्फबाट चीनको लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कर्पाेरेशन एशोसिएशनका अध्यक्ष लओ चाओहुईको हस्ताक्षर रहेको छ ।  

त्यस्तै, चीनले १५ अर्बबाहेक ३० लाख आरएमबी अर्थात् नेपाली ५ करोड रुपैंया नेपालको विपद् व्यवस्थापनमा र २० लाख आरएमबी अर्थात् ३ करोड ७८ लाख रुपैंया बराबरको रकम भने मेडिकल सामाग्रीका लागि छिट्टै सहयोग गर्दै जनाइएको छ । 
नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना बापत नेपालको सडक, विद्युत योजनामा अमेरिककाले दिएको अनुदान नेपालले लिने निर्णय गरे सँग चीन पनि नेपालमा लगानी गर्न लागि परेको छ । 
तर तत्कालिन समयमा बहुचर्चित केरुङ्ग–काठमाडौं रेलमार्गको बनाउनको लागि सम्भाव्यता अध्ययनका लािग अनुदान उपलब्ध गराउन तीनले प्रतिबद्धता जनाएपनि सो सहयोगको लागि भने कुनै प्रकृया नै अघि बढ्को छैन । साथै, चिनियाँ स्टेट काउन्सिलर विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा आएको समयमा नेपाल सरकारले वीआरआईको बारेमा पनि चासो दिएको थियो तर उक्त परियोजना चीनको सहयोगमा नभई ऋण दिन सक्ने चीनले बताएपछि उक्त परियोजनामा नेपालले आर्थिक सहयोग दिएको खण्डमा मात्र अघि बढाउने जनाएकोले हाल उक्त परियोजना पनि अनिश्चित भएको छ ।