राष्ट्र बैंकद्धारा त्रैमासिक आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक

राष्ट्र बैंकद्धारा त्रैमासिक आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९/८० को तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ । उक्त सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तिय स्थिति अनुसार बार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सुचकाङ्गमा आधारित मुदास्थिति ८.५० प्रतिशत रहेको छ । आताय १६.२ प्रतिशतले १६.२ प्रतिशत, निर्यात ३५.७ प्रतिशतले र कुल वस्तुव्यापार घाटा १३.१ प्रतिशतले घटेको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

त्यस्तै, बिप्रेषण आप्रवाह नेपाली रुपैंयामा १६.८ प्रतिशतले र अमेरिकी डलरमा ७.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचत भएको छ । साथै, कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ । त्यस्तै, संघिय सरकारको खर्च २७८ अर्ब १७  करोड र राजस्व परिचालन २०८ अर्ब ५८ करोड रहेको छ । 

त्यस्तै, यता विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले बढेको छ भने बार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.३ प्रतिशत बढेको छ । साथै, बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ०.४ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशत,बार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.४ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।