राष्ट्र बैंकको निर्देशन विपरित ब्याज बापत उठाएको रकम धमाधम फिर्ता गर्दै बैंकहरु 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन विपरित असुल–उपर गरेको व्याज फिर्ता गर्न बैंकहरुले सुरु गरेका छन् । राष्ट्र बैंकको निर्देशनमा उक्त ब्याज बापतको रकम फिर्ता नगरेमा बैंकहरुको वित्तिय विवरण पारित नहुने भएपछि बैंक तथा वित्तिय संस्थाहरुले निर्देशन विपरित असुलेको रकम फिर्ता गर्न लागेका हुन् । 

हाल सम्म राष्ट्र बैंकबाट साधारण सभा गर्न स्वीकृत पाएको ८ बैंकले १ अर्ब ३३ करोड २० लाख रुपैंया फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेका छन् । साधारण सभाको लागि स्वीकृत पाएको ८ बैंकहरु मध्ये सबैभन्दा बढी ब्याज असुलेको ग्लोबल आइएमइ बैंकले सर्वसाधारणको खातामा सबैभन्दा धेरै रकम फिर्ता गरेको छ । जसमा ग्लोबल आइएमइले असुलेको रकम ४५ करोड रुपैंया ऋणीहरुको खातामा फिर्ता गरेको छ । जुन सबैभन्दा धेरै हो । 

त्यस्तै, स्टयाण्डर्ड चार्टर्ड बैंकले नियमविपरित ऋणीहरुको रकम सबैभन्दा छ जसमा उक्त बैंकले ७० लाख रुपैंया ऋणीहरुको खातामा फिर्ता गरेको छ । 

यस्तै, बैंक अफ काठमाडौंले २६ करोड, कुमारी बैंले २१ करोड, सिटिजन बैंकले १२ करोड, एभरेष्ट बैंकले १२ करोड, सानिमा बैंकले ९ करोड, र एनसीसी बैंंकले ७ करोड ५० लाख रुपैंया रकम राष्ट्र बैंकको निर्देशन विपरित असुलेका थिए । 
गत आ.वमा बैंक तथा वित्तिय संस्थाहरुले नियम विपरित ब्याज असुलेको भन्दै राष्ट्र बैंकमा निवेदन परेपछि राष्ट्र बैंकले अध्ययन सुरु गरेको थियो । 

राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तिय संस्थालाई २०७८ असार मसान्त देखि २०७९ असार मसान्त सम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही अनुरुप बैंकहरुले ऋणीहरुको खातामा नियमविपरित असुलेको ब्याज फिर्ता गरेको हो ।