ममाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैनः रवि लामिछाने

ममाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैनः रवि लामिछाने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने ।