काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता शेयर निष्कासन गर्ने भएको छ।
चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ। सर्वसाधारणको शेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।



About Us
प्रतिक्रिया