नेपाली मुद्रा इतिहासकै कमजोर

नेपाली मुद्रा इतिहासकै कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमयदर १३३.१४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । खरिद दर १३२.५४ रुपैयाँ छ । यो हालसम्मकै उच्च दर हो । पछिल्लो तीन महिनायता निरन्तरजसो डलरको भाउ उकालो लागिरहेको छ ।

सोही क्रममा बिहीबार नयाँ रेकर्ड बनाएको हो ।अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

एक साताअघि (दसैं बिदापछि) १ अमेरिकी डलरको विनिमय दर १३२.०३ रुपैयाँ (बिक्रीदर) पुगेको थियो । त्यसपछि हरेक दिन डलरको भाउ सिमान्त दरले बढेर मंगलबारसम्म १३२.०६ रुपैयाँ पुगेको थियो । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको हो ।

डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको पनि भाउ घटेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

बिहीबार साँझ ७ बजे .नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर ८३.०९ भारु पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएको, त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाएको लगायत कारण अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।