नेपाल इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं – नेपाल इन्योरेन्स कम्पनीले आफ्नो लगानी कर्ताहरुलाई १५ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । २०८१ फागुन २४ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार यस कम्पनीले आफ्नो लगानी कर्तालाई नगद लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा विरतण गरिनेछ । साथै, बैठकले निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रस्तावित लाभांश प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड बयालीस लाख ४१ हजार ९ सय ८९ रूपैयाँ १४ पैसामध्ये पन्ध्र प्रतिशतको दरले हुने ६४ करोड ६६ लाख ३६ हजार २९० रूपैयाँ ९ पैसा नगद लाभांश दिने भएको हो ।