एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे


काठमाडौं – एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि वरिष्ठ नायब कार्यकारी अधिकृत रहेका घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको हो।

हालका सीईओ सुनिल केसीले वैशाख ९ गतेसम्म कार्यकाल सम्हाल्नेछन् । घिमिरेसँग एक दशकभन्दा बढी समयकाे बैंकिङ्ग अनुभव छ । उनी एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा संलग्न छन्।