एकैदिन ५ अर्बले बढ्यो बैंकिङ्ग निक्षेप, अन्य सूचक कस्ता ?


काठमाडाैं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएको छ । फागुन २० गते र २१  गतेको केन्द्रीय बैंककाे तथ्यांकले बैंकिङ्ग निक्षेप र कर्जा दुवै बढेको देखाएको हो ।

फागुन २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समय वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि पाँच अर्बकै वृद्धि देखिएको छ । 

२० गते ६० अर्ब १५ रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले भाेलिपल्ट ६० खर्ब २० अर्ब रुपैयाँ संकलन गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन ५४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूबाट अघिल्लो ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह २१ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।