बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाह बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा सामान्य वृद्धि देखिएको छ । केन्द्रीय बैंकको फागुन १९ र २० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एकैदिन २ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।  १९ गते ६७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ  निक्षेप   संकलन भएको छ । 

त्यस्तै, सो अवधिमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेप पनि २ अर्ब रुपैयाँले बढेको छ । फागुन १९ गते ६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरू २०  गते ६ खर्ब १५ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् । 

सो अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ  । फागुन १९  गते ५४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा पनि वृद्धि देखिएको छ ।

अघिल्लो दिन ४८ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।