काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छन् । बैंकको फागुन २१ गते बसेको बैंकको ३८८ औं सञ्चालक समितिको बैठकले दंगाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आज फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । सञ्चालक समितिको निर्णय फागुन २२ गते देखि लाग हुनेगरी यस समितिले नियुक्त गरिएको कम्पनी सचिव दिनेश थकालीले जानकारी दिएका छन्। बैंठक २०८१ फागुन २१ गते दिउँसो ३ः३० बजे बसेको हो ।



About Us
प्रतिक्रिया