काठमाडौं । अर्थसमितिले आज उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग छलफल गर्ने भएको छ । समितिले अर्थमन्त्री पौडेलसँग संघीय संसदमा अर्थमन्त्रालयले पेस गरेका विचाराधीन विधेयकमाथि छलफल गर्ने भएको हो ।
मन्त्रालयले प्रतिनिधि सभामा ५ वटा विधेयक विचाराधीन छन् । संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायत्व (पहिलो संशोधन) विधेयक, २०८१, धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० विचाराधीन छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०, भन्सार विधेयक, २०८० र बैंकिङ्ग कसुर तथा सजाय विधेयक, २०८० समेत विचाराधीन छ । यी विधेयकमाथि छलफलका लागि आज अर्थमन्त्री पौडेललाई समितिले आज बिहान ११ बजे अर्थसमिति बोलाएको छ ।



About Us
प्रतिक्रिया