पोखरा र काठमाडौंपछि रविविरुद्धको थुनछेक बहस रुपन्देहीमा सुरु, अदालतले थुनामा पठाउला ?

पोखरा र काठमाडौंपछि रविविरुद्धको थुनछेक बहस रुपन्देहीमा सुरु, अदालतले थुनामा पठाउला ?


काठमाडाैं – रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।

कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको हाे । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्मा जमानीमा छाडिएको थियो ।

सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो ।

उनीहरूलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।