काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले इन्स्योरेन्स डिस्कोर्श समय सान्दर्भिक रहेको उल्लेख गरेका हुन् ।
उनले पुँजी फर्मेसनको हिसाबले पनि बीमा क्षेत्र निकै महत्त्वपूर्ण क्षेत्र रहेको बताएका छन् । ‘निजी क्षेत्रको हिसाबले भन्दा प्रिमियम बढी भयो भन्ने र बीमा कम्पनीको प्रिमियम तिरिसकेपछि क्लेम गरेपछि पाउने रकम नपाएको भन्ने सुनिन्छ त्यसमा ध्यान दिन म अनुरोध गर्न चाहन्छु’ उनले भने ।
ढकालले बीमाबाट उठाएको प्रिमियम ३/४ प्रतिशतमा बैंक वित्तीय संस्थामा राखिएको भन्दै उनले बीमा क्षेत्रबाट संकलन भएको प्रिमियम बैंकको फिक्स डिपोजिटमा जान दिन नहुने उल्लेख गरे । उनले पूर्वाधारमा पनि यति प्रतिशत लगानी बीमा क्षेत्रले गर्ने भन्ने किसिमको सर्कुलर जारी गर्न पनि आग्रह गरे ।
प्रतिक्रिया