बीमामा प्रविधिको प्रयोग अपरिहार्य छः सीईओ लोहनी 


काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनीले बीमामा डिजिटललाइसेन अपरिहार्य भएको बताका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को  पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूलाई सम्बोधन गर्दै वर्तमान परिप्रेक्ष्यमा बीमामा प्रविधिको प्रयोग अपरिहार्य रहेको औँल्याएका हुन्। 

सीईओ लोहनीले भने, ‘बीमामा प्रविधिको प्रयोग गर्दै यस क्षेत्रको खर्च घटाउन आवश्यक  छ। हामीले छिमेकी मुलुक भारतबाट पनि प्रविधिको प्रयोग सम्बन्धी पाठ सिक्न आवश्यक छ।’

दोस्रो संस्करणको  डिस्कोर्शमा मुख्य गरी ४ वटा सत्र  रहेका छन्। जसमा पहिलो सत्रमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रूपमा बैंकिङ्ग समाचार डट्कमका समाचार प्रमुख निकेश खत्री रहेका छन्।  यस सत्रमा वक्ताको रूपमा ढुंगेलका साथै रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी, जनसंख्याविद् चेतन अधिकारी, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल,  नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल रहेका छन्। 

Skip This