वाणिज्य बैंकहरुको असारमा मात्रै १ खर्ब भन्दा बढी निक्षेप संकलन, कर्जा प्रवाह भने ठप्प

वाणिज्य बैंकहरुको असारमा मात्रै १ खर्ब भन्दा बढी निक्षेप संकलन, कर्जा प्रवाह भने ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

यस आर्थिक बर्षमा मात्र बैंकहरुले कुल ३ खर्ब ४० अर्ब रुपैंया संकलन गरेका थिए । जसमा असार महिनामा मात्रै १ खर्ब ४१ खर्ब निक्षेप संकलन भएको छ । बैंकहरुले यस आर्थिक बर्षको असारमा मात्र ४१ प्रतिशतले निक्षेप संकलन गरेका हुन् । 

वाणिज्य बैंकहरुले जेठमा मात्र लगानी गरेको र असारमा नयाँ लगानी गरेनन् । जसको कारण असारमा नयाँ लगानी नगरेकोले र पुराना कर्जा १८ अर्ब रुपैया फिर्ता लिएका छन् । असार महिना बर्षको अन्तिम महिना भएकोले र सिडि रेसियो मिलाउनको लागि नयाँ लगानी रोकेका छन् । जसको कारणले असार महिनामा बैंकहरुले नयाँ लगानी गरेनन् । 

वाणिज्य बैंकहरुको निक्षेप संकलन भन्दा लगानी करिब १ खर्ब १४ अर्ब रुपैया अझ बजारमा रहेको छ । 

गत आर्थिक बर्षमा बैंकहरुले कुल १ खर्ब १४ अर्ब ऋण लगानी गरेका थिए । भने ३ खर्ब ४० अर्ब रुपैंया निक्षेप आउँदा ४ खर्ब ५४ अर्ब रुपैंया ऋण प्रवाह गरेका थिए । यो कर्जा निक्षेपको तुलनामा कुल ३३.५२ प्रतिशतले बढी हो ।