प्रधानमन्त्रीको समय नहुदाँ मौद्धिक नीति आउँन ढिला, दुई दिन भित्र आउँने अपेक्षा 

प्रधानमन्त्रीको समय नहुदाँ मौद्धिक नीति आउँन ढिला, दुई दिन भित्र आउँने अपेक्षा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले यतिबेला मौद्धिक नीतिको अन्तिम तयारी गरिरहेको छ । राष्ट्र बैंकले सोमबार मौद्धिक नीति ल्याउँने तयारी गरेको भएपनि ढिलाई हुने भएको छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई जनाकारी गराउनु पर्ने भएकोले ढिलो भएको हो । 

मौद्धिक नीतिको सम्पूर्ण काम सम्पन्न भएकोले अबको दुईचार दिनमा नै आउँने बैंकले जनाएको छ । 

केन्द्रिय बैंकले ऐन, २०५८ मा भएको व्यवस्था अनुसार प्रत्येक बर्ष मौद्धिक नीति सार्वजनिक गदै आएको छ । सोही ऐन बमोजिम यस बर्षको मौद्धिक नीति ल्याउँन लागिएको हो ।
गत बर्षको तुलनामा यस बर्ष नेपालको अर्थतन्त्र निकै कमजोर भएको छ । जसको कारण रुस–युक्रेन युद्ध देखि विदेशी विनिमय सञ्चिति र रेमिट्र्यान्स खुम्चिनुले पनि यस्तो अप्ठर्यारो अवस्थाको सामना राष्ट्र बैंकलाई रहेको छ । 

गत बर्षको भन्दा यो बर्ष १ महिना ढिलो मौद्धिक नीति आउँने भएको छ । गत बर्ष साउनकै पहिलो हप्ता नै आएको थियो भने यस बर्ष १ महिना पछि आउन लागेको हो ।