पुरानो नोट धुल्याउनको लागि बाटो खुल्यो राष्ट्र बैंकलाई 

पुरानो नोट धुल्याउनको लागि बाटो खुल्यो राष्ट्र बैंकलाई 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

कुनै समय थियो नेपालको नोट पुरानो भएपछि आगोमा हाल्नु पर्ने बाध्यता । यो बाध्यताले वातावरण प्रदुषण मात्र गदैन थियो । धेरै समय पनि लाग्ने गथ्यो । तर अब त्यो समस्याको हल हुने भएको छ । 
नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गरेको छ । जसमा चलनचल्तीको लागि अयोग्य नोटहरु धुलाउनको लागि भनेर यस्तो नियमावली ल्याएको हो । साथै, यस नियमावलीले ९० दिन सम्मको सिसिटिभि फुटेज पनि सुरक्षित राख्ने पर्ने उक्त नियमावलीमा भनिएको छ । 

यस्तै, धुल्याउने नोटको थान गन्ती गरी लगत समेत राख्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । पाँच सय र एक हजारको नोट शतप्रतिशत पुनः गन्ती गरेर धुल्याउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । 

साथै, नोट धुल्याउनको लागि एक कार्यदल गठन गर्नुपर्ने छ भने, कर्मचारीको नाम,थर,पद र कर्मचारीको कोड नम्बर पनि उल्लेख गर्नुपर्ने र माइन्युट तयार गरी राख्नुपर्ने बैंकले जनाएको हो ।
यो नियमावली आएसँगै नोट धुल्याएको नोटलाई ब्रिगेट बनाउने बाटो समेत खुलेको छ । साथै, अब यी बनाएका ब्रिकेट बिक्री समेत गर्ने बाटो खुलेको हो । 

ब्रिकेट बनाउँने यस मिसिन नेदरल्याडबाट ल्याईएको हो । २०२० मा नेपाल ल्याइएको यो मेसिन काठमाडौं, बिराटनगर, बिरगंञ्ज र नेपालगञ्जमा जडान गरिसकेको छ । 
कस्तो नोटलाई धुल्याउने भन्ने बारेमा नियमावलीमा उल्लेख गरेको छ ।