काठमाडौं – काठमाडौं उपत्यकामा भर्खरै भूकम्प धक्काको महसूस गरिएको छ। बिहीबार १ः३ मिनेट जाँदा भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र, लौनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे ।
पछिल्लो समय पश्चिम नेपालतिर लगातार भूकम्प गइरहेको थियो। आज भने भूकम्पको महसुस काठमाडौंमा पनि भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पका बारेमा विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया