बैंकिङ्ग समाचार, काठमाडौं ।
सर्लाहीको मलंगवा–गोरखकालीबाट स्रोत नखुलेको करिब ५ लाख ११ हजार रुपैंया सहित एक भारतिय नागरिक पक्राउ परेका छन् ।
भारत सितागढी, रामनगरा–११ बस्ने ३० बर्षका बिजय ठाकुरलाई बिहिबार पक्राउ गरेको हो । भारतिय नम्बर प्लेट बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाईकलमा भारतको सोनबर्षाबाट मंलगवा बजार आउँने क्रममा प्रहरीले चेकिङ्ग गर्दा उक्त रकम बरामत गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया