अर्थमन्त्रालय फुटेज काण्डः छानबिन समिति बाट बाहिरिन पुष्पा भुसाल

अर्थमन्त्रालय फुटेज काण्डः छानबिन समिति बाट बाहिरिन पुष्पा भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणको बिषयमा जानबिन समिति हेरफेर भएको छ । सत्यतथ्य पत्ता लगाउन गठित संसदिय छानबिन बिशेष समितिको सदस्य हेरफेर हुने भएको हो । 

उक्त बिषयमाको हेरफेर समितिका सदस्य पुष्पा भुसालको स्थानमा मानबहादुर विश्वकर्मालाई राख्न प्रस्ताव भएको थियो । सो प्रस्ताव असुरुप सहमति जुटेको छ । जस अनुसार सो छानविनमा अब नेपाली काग्रेसको तर्फबाट सांसद भुसालको स्थानमा विश्वकर्मा आउँने भएका छन् । 

काग्रेस सांसद भुसालले आजै मात्र उपसभामुखको लागि नाम दर्ता गरेकोले उनको स्थानमा विश्वकर्मा आउँने भएका हुन् । उक्त बिषयमा छानबिन गर्नको लागि असार २२ गते छानबिन समिति गठन गरिएको थियो ।
छानबिन समितिमा प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट ४ जना सदस्य सहित कुल ११ जना रहेका छन् ।