काठमाडौं – काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया