काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।
यसैगरी बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया