आज अन्तिम दिन नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने

आज अन्तिम दिन नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आज असार २४ शुत्रवार नेपाल फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको  ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामी विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो ।

कुल शेयरमध्ये संस्थापकतर्फको ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६ दशमलव शून्य ८८ कित्ता रहेको छ । उक्त शेयरको मूल्य प्रतिकित्ता  १०० तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ ।

यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू। ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी  ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।