सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा

सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश कर समेत सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो ।

यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहमा लाभांश वितरण गरिएको हो। कम्पनीले शेयरधनीको सम्बन्धित बैंक खातामा लाभांश पुस ६ गतेदेखि नै जम्मा गराइएको जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ । साथै, धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको कर्जा चुक्ता गरेको फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।