काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गर्दे केही संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले मंगलबार दरखास्त आह्वान गर्दे कम्पनीले सूचना प्रविधि सहायक (आइटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आइटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्। उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको लागि माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ। साथै अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
याेग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित पुस २५ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको वेबसाइटबाट अनलाइन दिन सक्नेछन् ।




About Us
प्रतिक्रिया