मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा


काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ का लागि ७.८९ प्रतिशत लाभांश दिने भएको हो ।

लघुवित्त सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबर बोनस शेयर यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३९ प्रतिशतले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ । त्यस्तै, सञ्चालक समितिले लघुवित्तको १२औं वार्षिक साधारणसभा ४ माघमा गर्ने र १९ पुस एकदिन बुक क्लाेज गर्ने निर्णय समेत गरेको छ ।