जमिनबाट सुन निकालेर दिन्छु भन्दै दुई करोड ठगी गर्ने भारतीय नागरिक पक्राउ

जमिनबाट सुन निकालेर दिन्छु भन्दै दुई करोड ठगी गर्ने भारतीय नागरिक पक्राउ


काठमाडौं– जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टानजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई पक्राउ परेका हुन्। 

हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको आरोप छ।

पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।