काठमाडौं – विजय लघुवित्तले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले एफपीओ जारीको प्रस्ताव राखेर १६औं वार्षिक साधारण सभा बोलाएको हो । सभा पुष २९ गते धुलिखेल लज रिसोर्ट, काभ्रेपलान्चोकमा दिउँसो साढे १२ बजे बस्नेछ ।
सभामा सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई एफपीओ निष्कासन गर्ने, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेश गरिनेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ।
प्रतिक्रिया