४ महिनामा सहकारी विभागबाट १५ सय बढी उजुरी र गुनासो फर्स्योट 

४ महिनामा सहकारी विभागबाट १५ सय बढी उजुरी र गुनासो फर्स्योट 


काठमाडौं- काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा १ हजार ५९३ वटा उजुरी फर्स्योट गरेको छ ।

विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ । ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ ।

गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेका छन् ।