काठमाडौं – नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रमा भइरहेको धरपकडका कारण पनि बैंकहरु संकटमा परेको बताएका हुन् । बैंकर्स संघको अध्यक्षबाट बाहिरिने क्रममा उनले तरलता बढ्दै गएको अवस्थामा खराब कर्जा पनि उच्च रहेको हुँदा बैंकिङ्ग क्षेत्र नै जाेखिमतिर गइरहेको बताएका हुन् ।
उनले बैंकरहरु समस्याबाट सजक हुनुपर्ने अवस्था रहेको बताए । उनले तरलता व्यवस्थापन गर्न नसक्दा भोलिका दिनमा समस्या आउन सक्ने सम्भावना देखेको बताए ।
एनएमबि बैंकका सीईओ समेत रहेका केसीले बैंकिङ्ग क्षेत्रलाई सरकारले सहयोग नगर्दा पनि बैंकिङ्ग क्षेत्रका कर्मचारी बाहिरिने क्रम रहेको बताए । केसीले नेपाली बैंकिङ्ग क्षेत्रले कर्मचारी जोगाउने चुनौतिदेखि तरलता व्यवस्थापन र राजनीतिक अस्थिरता जस्ता चुनौतिहरूलाई चिरेर अघि बढ्नुपर्ने बताए । उनले अगामी दिनमा सस्टेनेबल बैंकिङ्गको अवधारणामा जानुपर्ने पनि धारणा राखे ।
प्रतिक्रिया