विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैनः सभापति खतिवडा

विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैनः सभापति खतिवडा


काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गरेका छन् ।

सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे । ‘कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन’, उनले भने