इन्फिनिटी लघुवित्तले लाभांश नदिने

इन्फिनिटी लघुवित्तले लाभांश नदिने


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश नदिने भएको छ । कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ मा शेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।