हकप्रद शेयर पारित गर्न सिटी होटलले डाक्यो साधारण सभा


काठमाडौं – सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रस्ताव राखेर साधारण सभा आह्वान गरेको छ । होटलले पुष २६ गते कालिमाटी ब्यांक्वेटमा बिहान ११ बजे सभा बोलाएको हो ।

उक्त सभामा होटलको हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनार्थ होटलले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

त्यसैगरी, सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेलगायतका प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ।