नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडाैं – नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको पुष २ गते बसेको बैठककाे निर्णयअनुसार आर्थिक बर्ष २०८०/८१ को लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।