सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ


काठमाडौं –  काठमाडौंबाट स्राेत नखुलेकाे ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।

प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।