काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेपाल र भारतबीच व्यापार विस्तार गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नु पर्ने बताएकी छिन् । भारत सरकारको विदेश मन्त्रालय र भारतीय उद्योग परिसंघ (सिआइआई) ले आयोजना गरेको ‘व्यावसायिक संवादः औद्योगिक दृष्टिकोण’ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राणाले यस्तो बताएकी हुन् । उनले नेपालले भारतजस्ता ठूला छिमेकी मुलुकहरूसँगको व्यापार सहकार्यलाई अझ बलियो बनाएर क्षेत्रीय समृद्धि हासिल गर्न सक्नु पर्ने बताइन् ।
नेपाल र भारतबीच व्यापार, पर्यटन, र ऊर्जा क्षेत्रमा भएका सम्भावनाहरूलाई उपयोग गर्न सरकार निजी क्षेत्र एकसाथ लाग्न आवश्यक रहेको उनको धारणा थियो । उनले नेपाल–भारत व्यापार सम्बन्धलाई सुदृढ गर्दै क्षेत्रीय व्यापार विस्तारमा ध्यान दिनुपर्ने बताइन् ।
लुम्बिनी र बोधगयालाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्दा व्यापार र रोजगारीमा वृद्धि गर्न सकिने उल्लेख गरिन् । नेपालबाट जलविद्युत निर्यात गर्दा दुवै देशलाई फाइदा पुग्ने अपेक्षा रहेको उनको भनाई थियो । उनले सहकार्य र क्षेत्रीय साझेदारीका माध्यमबाट मात्र दुवै देशको व्यापार र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकिने बताइन् ।
उनले व्यापार सहज बनाउन भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् । नेपाल र भारतबीच व्यापार, पर्यटन, र ऊर्जा क्षेत्रमा भएका सम्भावनाहरूलाई उपयोग गर्न सरकार र निजी क्षेत्र एकसाथ लाग्नुपर्ने उनको धारणा थियो ।
दक्षिण एसिया क्षेत्रीय व्यापारमा विश्वकै सबैभन्दा कम एकीकृत व्यापार भएको भन्दै यसलाई बढाउनु पर्ने बताएन् । पूर्वअध्यक्ष राणाले दक्षिण एसिया क्षेत्रीय व्यापारमा विश्वमा कुल व्यापारको ५ प्रतिशतभन्दा कम व्यापार रहेको उल्लेख गरिन् । भौगोलिक र सांस्कृतिक विशेषताले नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सहयोगमा रूपान्तरण गर्न सकिनेमा जोड दिइन् ।
उनले पूर्वी भारतका राज्यहरूसँग व्यापार र लगानीका नयाँ अवसर खोज्न जरुरी रहेको उल्लेख गरिन् । नेपाल र भारतबीचको खुला सिमाना र सांस्कृतिक सम्बन्धलाई आर्थिक अवसरका रूपमा उपयोग गर्न सक्नु पर्ने धारणा राखिन् ।
प्रतिक्रिया