काठमाडौं- डाटाहब पाइभेट लिमिटेडले नेपालमै पहिलाे पटक अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले देशभित्र नै निर्माण भएको पूर्वाधारमा जुनसुकै स्थानबाट सजिलै कनेक्ट गर्न सकिने अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा ल्याएको हाे। जुन सेवामा विश्व प्रसिद्ध सेक्योरिटी प्रणालीबाट डाटालाई सुरक्षित गरिएको छ ।
आ–आफ्नो डाटाको परिमाणका आधारमा आवश्यकता अनुसार थपघट गरी लिन सकिने यो सेवा विदेशी एस थ्री स्तरीय रहेको र अन्य विदेशी सेवा भन्दा सुलभ, सुरक्षित र भरपर्दो हुनुको साथै न्युन मूल्यमा नै प्राप्त गर्न सकिने कम्पनीले बताएकाे छ ।
स्वदेशमा नै यो सेवा उपलब्ध भएकोले यसबाट विदेशी मुद्रा सञ्चितिका साथ साथै नेपालमा सूचना प्रविधि क्षेत्रमा डाटालाई अझ सुरक्षित र विश्वसनीय बनाउनमा समेत योगदान रहनेमा कम्पनी विश्वस्त रहेको छ ।
नेपालको आफ्नै डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक डाटा हबले विगत १४ वर्षदेखि नेपालमा बैंक तथा वित्त, बीमा, स्वास्थ्य, शिक्षा, सहकारी, सूचना प्रविधि लगायत विभिन्न संघ संस्थाहरूलाई डाटा सेन्टर तथा क्लाउड सेवाहरू तथा रुपन्देहीको बुटवलबाट डिजास्टर रिकभरी सेवा निरन्तर प्रदान गर्दै आइरहेकाे छ । संस्थाले आगामी दिनमा अझ विश्व स्तरीय साइबर सुरक्षा साथ सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्ने बताएकाे छ ।






About Us
प्रतिक्रिया